त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना भएको दुइ साता नबित्दै पुनः हवाइ दुर्घटना भएको छ । काठमाण्डौ नजिकै नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एयर डाइनेष्टीको नाइन एन(एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा सो हेलिकप्टर काठमाडौंबाट उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। करि २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनास्थलमा पाँच जनाको शव फेला परेको जनाएको छ। उनकाअनुसार हेलिकप्टरका पाइलट नेपाली नागरिक हुन् भने चार जना यात्रु चिनियाँ नागरिक हुन्। हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए।
विमानस्थलमा गएकाे साउन ८ गते बिहान करिब सवा ११ बजे साैर्य एयरकाे हवाइजहाज दुर्घटनाग्रस्त हुँदा सवार १९ जनामध्ये १८ जनाकाे निधन भएकाे थियाे भने क्याप्टेन मनिष शाक्यकाे जीवितै उद्दार गरिएकाे थियाे ।
नेपालपत्र संवाददाता