आइतबार, आश्विन १८ गते २०८३

शेख हसिना प्रधानमन्त्री पद त्यागेर भागिन्, भारतकाे त्रिपुरा राज्यमा शरण

श्रावण २१, २०८१ सोमबार
शेख हसिना प्रधानमन्त्री पद त्यागेर भागिन्, भारतकाे त्रिपुरा राज्यमा शरण

बांग्लादेशकी प्रधानमन्त्रीले देश छाडेर भारतमा शरण लिएकी छिन् । उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएर र देश छोडि गएको बीबीसी बांग्लाले जनाएको छ । 

बांग्लादेश सेना प्रमुख जनरल वका उज जमानले बहिनी शेख रेहानाको साथ शेख़ हसीना भारत त्रिपुरा राज्यको अगरतलातर्फ हेलीकप्टरबाट गएको जनाएका छन् । 

छात्र नेताहरूको ‘ढाकासम्म लङ मार्च’ को आह्वानसँगै हज़ार ढाकातर्फ बढ्ने क्रममा छन् । राजधानी ढाका बाहेक अन्य शहरहरूमा पनि प्रदर्शनकारीले सडकमा मार्च गरिरहेका छन् । सडकमा सेना तैनाथ भएपनि प्रदर्शनकारीहरूलाइ रोक लगाएको छैन । 

बांग्लादेशमा अब एक अन्तरिम सरकार गठनको तैयारी भइरहेको सेना प्रमुखले जनाएका छन् । बांग्लादेशको राजधानी ढाकामा हजारौं प्रदर्शनकारीले शेख हसीनाको सरकारी निवासमा हमला गर्न गएको सञ्चारमाध्यमले जनाएका छन् । 

केहि समय अघिदेखि बांग्लादेशमा नयाँ आरक्षण नीतिको विरोधमा प्रदर्शनहरू हुँदै आएका थिए । तिनमा २०० भन्दा बढी आन्दोलनकारीले ज्यान गुमाइसकेका छन् ।