आइतबार, आश्विन १८ गते २०८३

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२ प्रतिशतले पाए ग्रेडिङ


श्रावण १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२ प्रतिशतले पाए ग्रेडिङ

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी सहभागी थिए । 

कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । जस अनुसार ९ हजार ९९१ जनाले ए प्लस ग्रेड, ४६ हजार ८९३ जनाले ए ग्रेड र  ७८ हजार ७५ जनाले बी प्लस ग्रेड ल्याएका छन् ।

त्यसैगरी ६१ हजार ३६ जना परीक्षार्थीले बी ग्रेड, ८ हजार २४० ले सी ग्रेड र १२ जनाले डी ग्रेड ल्याएका छन् । नन ग्रेडेड परीक्षार्थीको संख्या १ लाख ८७ हजार २१ रहेको छ । नियमित र ग्रेड वृद्धि समेत गरी ४ लाख ९१ हजार ६१ विद्यार्थी परीक्षामा सामेल रहेकाे थिए ।