शनिबार, आश्विन १७ गते २०८३

धितोपत्र बजारमा रेकर्ड, एकैदिन २१ अर्ब ९१ करोड माथिको कारोबार


श्रावण १६, २०८१ बुधबार
धितोपत्र बजारमा रेकर्ड, एकैदिन २१ अर्ब ९१ करोड माथिको कारोबार

 

नेपाल स्टक एक्स्चेञ्जमा हालसम्मकै उच्च कारोबार भएको छ। नेपाली धितोपत्र बजार काराेबारमा बुधबार नयाँ रेकर्ड कायम भएको हाे ।

नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बरारको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कुल ३३२ स्टकको २ लाख ३८ करोड २७२ पटकको कारोबार भएको हो । यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो। 

नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ सेन्सेटिभ इण्डेक्स १०।६६ अंक बढेको छ । बुधबार १० स्टकको शेयरमा सकारात्मक सर्किट लागेकाे थियाे । 

हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।