बुधबार, भाद्र ३ गते २०८३

नेपाल लाइफ इन्स्योरेन्सको आयोजना लिडरसिप एक्सिलेन्स अवार्ड–२०२४ सम्पन्न


श्रावण १६, २०८१ बुधबार
नेपाल लाइफ इन्स्योरेन्सको आयोजना लिडरसिप एक्सिलेन्स अवार्ड–२०२४ सम्पन्न

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड २०२४ सम्पन्न गरेको छ । भैरहवामा भएको कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कम्पनीका संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उदघाटन गरेका थिए । 

कार्यक्रममा भर्चुअलरुपमा बोल्दै कम्पनी संचालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले आ.व. २०८०।८१ मा आउटस्टाण्डिङ पर्फमेन्स गर्नेहरुलाई बधाई तथा धन्यवाद दिए ।  समग्र क्षेत्रमा प्रतिकूल आर्थिक परिदृष्य विद्यमान रहँदा रहँदै पनि आफ्नो अथक मेहनत, टिमवर्क, लगनशिलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०।८१ मा नेपालको सबैभन्दा ठुलो र सर्वाधिक विश्वासिलो कम्पनीको ताजलाई निरन्तर रुपमा कायम राख्न र आफ्नो मार्केट शेयरलाई थप वृद्धि गर्न सफल गरेको उनले जनाए ।

कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको बताए । अहिलेको वर्तमान अवस्थामा नयाँ जोश, नयाँ जाँगर र प्रवृधिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन् सहज हुने उनले जनाए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुलाई गत आ.व. को कार्यसम्पादनको लागि धन्यवाद दिँदै र चालु आ.व.को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक,  २२ जनालाई रत्न पदक र  १३७ जनालाई समृद्धि पदक दिइएकाे थियाे ।

त्यस्तै एजेन्सी मेनेजर  तर्फबाट नेपाल प्रथम, द्वीतिय र  तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट  र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फ बाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजबंशीलाई अवार्डको साथै नगद पुरस्कारकासाथ सम्मान गरिएको थियो ।