गत आर्थिक वर्षमा नेपालमा २ खर्ब १ अर्ब ८१ करोडको लगानी प्रस्ताव आएको छ । उद्योग विभागले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म उक्त रकम बराबरको लगानी प्रस्ताव आएको जनाएको छ । विभागले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै त्यस अवधिमा ४ सय ३४ ठुला उद्योग दर्ता भएको जनाएको छ ।
त्यसैगरी मझौला उद्योग ५२ र साना उद्योग ३३३ दर्ता भएका छन् । विभागका अनुसार उद्योग दर्ता संख्या स्वदेशी र विदेशी दुवै गरेर हुन् । ती उद्योगबाट २५ हजार ५५१ रोजगारी प्राप्त हुने प्रस्तावमा जनाइएको छ । गत आर्थिक बर्षमा ४०२ विदेशी लगानी स्वीकृत गरिएको छ । ती उद्योगका लागि ६१.७८ अर्ब विदेशी लगानी प्रस्ताव गरेको पनि विभागको प्रगति प्रतिवेदनमा जनाइएको छ ।
विदेशी लगानी भएको उद्योगहरुमा १९ हजार ५६५ रोजगारीको प्रस्ताव गरिएको थियो । त्यस अवधिमा ट्रेडमार्क दर्ता ६ हजार ५१ पुगेको छ भने ११३ उद्योेगलाई ट्रेडमार्क सम्बन्धी मुद्दामा कारवाही गरिएको छ ।
नेपालपत्र संवाददाता