यो जगत ठूलो शून्य हो
जीवन यसका गहना हुन्
जो यस जगतलाई सिंगार्छन्
अनि विलीन हुन्छन् अनन्तमा
सृष्टिको गर्तमा
यही सृष्टिको इतिहास हो I
प्रकृति सृष्टिको स्वभाव हो
नियम हो अविच्छिन्न अनादि
जगत भने सृष्टिको आदि,
जो स्वयम् पनि शून्यको धूल हो
अनि शून्य सृष्टिको मूल हो I
तिम्रा मुट्ठीभर सास शून्य
सास अडिने बास पनि शून्य
शून्यता खालीपन हो
गर्भाशयको खोखलोपन
तर सृष्टिको जेलिएको नियम I
यसै खालीपन भित्र जो छ, अवस्थित छ
जन्म छ, जीवन छ अनि मृत्यू निश्चित छ
सबै यसै शून्यबाट उदाउँछन्
अनि खाली हुन्छन् र यै विशाल शून्यमैं हराउछन्
अन्त्यमा अनन्तमा शून्यानंतमा I
म विचार शून्यावास्थामा छु I
म शून्यको संज्ञान गर्दै शून्यमैं हराउँदैछुँ
माथिबाट शून्याकास हेर्दोछ अनन्तकालदेखि,
म पनि माथि हेर्दैछुँ
मेरो अनन्त यात्राको अभिलाषा बोकेर I
(कविको प्रकाशित हुँदै गरेको पुस्तक ‘शून्यको यात्रा र अन्य कविताहरू’ बाट)I