त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार बिहान करिब सवा ११ बजे दुर्घटनाग्रस्त भएकाे जहाजमा सवार १९ जनामध्ये १८ जनाकाे मृत्यु भएकाे छ भने क्याप्टेन मनिष शाक्यकाे उद्धार गरिएकाे नेपाल प्रहरीले जनाएकाे छ। मर्मतको लागि पोखरा जान लागेकाहरू सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेकाे प्रहरीले जनाएकाे छ ।
धावनमार्गकाे २.० बाट उडान गर्ने तरखरमा रहेकाे साैर्य एयरकाे विमान सीआरजे–२०० (कल साइनः ९एन–एएमइ) धावनमार्गबाट उडेकाे केहि सेकेण्डमा नै दुर्घटनाग्रस्त भएको थियाे हो । जहाज सुरुमा देब्रेतर्फ कोल्टिएको र फेरि उछिट्टिएर दाहिनेतर्फ पुगेको प्रत्यक्षदर्शी बताउँछन् ।
दाहिनेतर्फ लगभग दुई सय मिटर घिस्रिँदै जहाजले एयर डाइनेस्टीको हेलिकोप्टरको ह्याङ्गरलाई हिर्काउँदै त्यहाँ रहेको कन्टेनरलाई समेत घिसार्दै जहाज तल खोल्सामा पुगेर ठूलाे आवाजकासाथ विष्फाेट भएकाे थियाे । दुर्घटनालगत्तै नेपाली सेना तथा नेपाल प्रहरीकाे टाेलीले त्यहाँ उद्धारकार्य गरेका थिए ।
नेपालपत्र संवाददाता