आइतबार, आश्विन १८ गते २०८३

काठमाण्डाै एयरपाेर्टमा साैर्य एयरकाे विमान दुर्घटना, आगोको मुस्लो देखियो


श्रावण ९, २०८१ बुधबार
काठमाण्डाै एयरपाेर्टमा साैर्य एयरकाे विमान दुर्घटना, आगोको मुस्लो देखियो

त्रिभुवन विमानस्थलनमा विमान दुर्घटना भएको छ । पोखराका लागि उड्ने क्रममा रन वेमा विमान दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका अधिकारीहरूले त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । विमान रन वे बाट टेक अफ गर्ने बित्तिकै पुरानाे सिनामंगल छेउ खाेल्सामा खसेकाे हाे । 

विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् भने  दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।