शनिबार, आश्विन १७ गते २०८३

साशा इन्जिनियरिङ हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त


श्रावण ९, २०८१ बुधबार
साशा इन्जिनियरिङ हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त

साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धको रुपमा नियुक्त गरेको छ । 

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानि खोलाको पानि प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । 

धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा  र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ ।