शनिबार, आश्विन १७ गते २०८३

मंगलबार ७५ अंकले बढ्यो नेप्से, २५६३ विन्दुमा पुग्यो परिसूचक


श्रावण ८, २०८१ मंगलबार
मंगलबार ७५ अंकले बढ्यो नेप्से, २५६३ विन्दुमा पुग्यो परिसूचक

मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ।  सेयर कारोबार साताको तेस्रो दिन नेप्से परिसूचक ७५।३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेको हो । त्यसैगरी सेन्सेटिभ इण्ड‍ेक्स २.३१ अंकले बढेर ४५९.१९ विन्दुमा पुगेको छ।

आधा दर्जन बढी कम्पनीको कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको बजारमा  ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाख  ३० हजार ९९५ रुपैयाँमा खरिदबिक्री भएको छ । 

बोटलर्स नेपाल ९बालाजु०,समृद्धि फाइनान्स,मण्डु हाइड्रोपावर,हाथवे इन्भेस्टमेन्ट,नेपाल वेयरहाउजिङ कम्पनी र साहस उर्जाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यता गणपति लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ५.८३  प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २४ करोड ६९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी अपी पावरको २४ करोड २६ लाख, हिमालयन रिइन्स्योरेन्सको २३ करोड,साइन रेसुंगा डेभलपमेन्टको २१ करोड र नगदी ग्रुपो २० करोड बढीको सेयर कारोबार भयो।

सबै समूहको उपसूचकमा हरियाली छाउनुका साथै ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ५.०६ प्रतिशतले बढेको छ । कारोबारमा आएका २२० स्टकको मूल्य बढ्दा १९ वटाको घटेको र बाँकी ३ स्टकको मूल्य स्थिर रहेको छ ।