शनिबार, कार्तिक ८ गते २०८३

विदेश भ्रमणमा जाने नेपालीले बर्षमा ५ हजार अमेरिकी डलर लान पाउने


श्रावण ८, २०८१ मंगलबार
विदेश भ्रमणमा जाने नेपालीले बर्षमा ५ हजार अमेरिकी डलर लान पाउने

भारत वाहेकका अन्य मुलुकको भ्रमणमा जाने नेपालीले ५ हजारसम्म अमेरिकी डलर सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ। । राष्ट्र बैंकले एक सूचना जारी गर्दै हालको व्यवस्था अनुसार भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानी बापत प्रतिपटक अमेरिकी डलर २ हजार ५०० वा सोबराबरको परिवर्त्य विदेशी मुद्रा पाउने जनाएको  हो ।  

एक आर्थिक वर्षमा २ पटकभन्दा नबढ्नेगरी सटही सुविधा प्राप्त गर्न सक्ने सूचनामा उल्लेख छ। यस्तो सटही सुविधा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिन्छ। 

यसैगरी वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानडाको हकमा अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २०० सम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न  सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राहदानी सुविधाबापत सटही माग गर्ने व्यक्तिले हवाई टिकट, राहदानी र भिसाको प्रतिलिपि पेस गर्नुपर्दछ र बैंक तथा वित्तीय संस्थाले ती प्रतिलिपि सक्कल प्रतिसँग भिडाई दुरूस्त भएमा मात्र सटही सुविधा प्रदान गर्ने केन्द्रीय बैंकले जनाएको छ ।