शुक्रबार, कार्तिक ७ गते २०८३

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने


श्रावण ७, २०८१ सोमबार
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

 

 नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो ।  यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको छ ।

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । ʻडेलिस’ ब्राण्डको ग्रीक दहीले नबिनताको पहिचान दिएको छ भने ʻपञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने भएको छ ।  सम्झौतापछि चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १०,००० लिटर प्रति दिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी  नयाँ परिकारहरूको उत्पादनका साथ नेपालभरका ग्राहकहरुलाई उत्कृष्ट स्वाद प्रदान गर्न सक्ने, वितरण सञ्जालहरू बलियो बनाउँदै डेलिस उत्पादनहरूलाई नेपालभरका ग्राहकमाझ पु¥याउन सक्ने, आयातित विदेशी दुग्धको हालको निर्भरतालाई तोड्ने लक्ष्य सहित इलामको फिक्कलमा नयाँ अत्याधुनिक कारखाना निर्माण गर्न सक्ने र  घरेलु पूँजी बजारमा थप सकरात्मक प्रभाव पार्न आईपीओ निष्काशनको तयारी गर्न सक्ने कम्पनीले जनाएको छ ।