आइतबार, आश्विन १८ गते २०८३

विन्डोज अपरेटिङ सिस्टममा अचानक विश्वभर समस्या, बैंकिङ सहित हवाइसेवा र सञ्चार प्रभावित


श्रावण ४, २०८१ शुक्रबार
विन्डोज अपरेटिङ सिस्टममा अचानक विश्वभर समस्या, बैंकिङ सहित हवाइसेवा र सञ्चार प्रभावित

माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा आएको समस्याले विश्वभर सूचनाप्रणाली सञ्जाल प्रभावित भएका छन् । नेपाली समय अनुसार आज शुक्रबार मध्यान्ह साढे ११ बजेतिर आएको विन्डोज अपडेटका कारण यस्तो समस्या देखिएको हो । 

अमेरिका र युरोपमा यसका कारण विभिन्न हवाइसेवा ठप्प भएका छन् भने न्युजिल्याणड र अष्ट्रेलियामा समेत आउटेजका कारण विभिन्न समस्या देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो समस्याका कारण नेपालका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूको समेत सेवा अवरुद्ध हुन पुगेको छ । माइक्रोसफ्ट विन्डोज १० र ११ का कर्पाेरेट तथा इन्टरप्राइज भर्सनका अपरेटिङ सिस्टममा मुख्यरूपमा समस्या आएको सञ्चारमाध्यमहरूले जनएका छन् ।