शनिबार, आश्विन १७ गते २०८३

अन्तिम दिन नेप्सेमा उछाल, परिसूचक २४२४ अंकमा, १५ अर्ब नाघ्याे कारोबार


श्रावण ३, २०८१ बिहीबार
अन्तिम दिन नेप्सेमा उछाल, परिसूचक २४२४ अंकमा, १५ अर्ब नाघ्याे कारोबार

 

साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल देखिएको छ । बिहीबार नेप्से परिसूचक ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५१ अंक बढेको छ।

इन्डेक्सका साथै कारोबार रकम पनि बढेको छ। बुधबार १२ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा बिहीबार ३१२ स्टकको १ लाख ८४ हजार ७१२ पटक गरेर १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकहरूमा देखिएको छ। नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य बढेसँगै यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

  • सम्बन्धित विषय:

  • # NEPSE
  • # Stock
  • # नेप्से
  • # शेयरकाराेबार