शनिबार, आश्विन १७ गते २०८३

बढ्दो खराब कर्जामा थोक तथा खुद्रा क्षेत्रको एक तिहाइ हिस्साः आइएमएफ


श्रावण ३, २०८१ बिहीबार
बढ्दो खराब कर्जामा थोक तथा खुद्रा क्षेत्रको एक तिहाइ हिस्साः आइएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोषले बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्दै गएको जनाएको छ । थोक तथा खुद्रा व्यवसायहरूमा गएको बैंकिङ ऋणका कारण बैंकहरुको खराब कर्जा बढेको आइएमएफले जनाएको छ । 

नेपालका लागि विस्तारित कर्जा सुविधाको चौथो किस्ता स्वीकृत गर्नुअघि गरेको अध्ययनले यस्तो देखाएको हो। आइएमएफले केही दिन अघि नेपाललाई प्रदान गर्ने कुल ४९ अर्ब रूपैयाँ विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको चौथो किस्तामा ४ करोड १३ लाख डलर (करिब ५ अर्ब ४५ करोड रूपैयाँ) दिन सहमति जनाएको थियो ।

आइएमएफको उक्त अध्ययन प्रतिवेदनले बैंकहरूको कुल खराब कर्जामा थोक तथा खुद्रा व्यवसायहरूको हिस्सा एक तिहाई बराबर अर्थात् १।२९ प्रतिशत रहेको उल्लेख गरेको छ। खुद्रा व्यवसायपछि कृषि र कृषिसँग सम्बन्धित उत्पादन क्षेत्रको खराब कर्जाको हिस्सा धेरै रहेको छ । 

कुल खराब कर्जामा यो क्षेत्रबाट खराब भएको कर्जा ०.५८ प्रतिशत छ। त्यस्तै, निर्माण क्षेत्रबाट भएको खराब कर्जाको हिस्सा १० प्रतिशत बराबर छ। त्यस्तै, गैर खाद्य उत्पादक क्षेत्रबाट ०.३१ प्रतिशत बराबरको कर्जा खराब भएको छ । बैंकिङ प्रणालीबाटै गएको ६० प्रतिशत बराबर कर्जा लगानी गरेका १० बैंकको तथ्यांकले यस्तो देखाएको प्रतिवेदनमा उल्लेख छ।