बुधबार नेपाली बजारमा सुनको मुल्यले कीर्तिमान कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो । त्यसैगरी बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।
नेपालपत्र संवाददाता