नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैकिङ क्षेत्रमा अधिक तरलत भएपछि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।
स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकले आज निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्दैछ । नेपाल राष्ट्र बैंकको ३० असारसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ८२अर्ब पुग्दा कुल कर्जा ५१ खर्ब ६० अर्ब पुगेको छ ।
बुधबार २१ दिन अवधिको लागि ५० अर्ब तरलता खिच्ने लागको र उक्त निक्षेप संलकन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।बोलकबोलमा नेपाल राष्ट्र बैकबाट लाइसेन्स लिएका ट लाइसेन्स लिएका ‘क’ ‘ख’ र ‘ग ’बर्गका वित्तीय संस्थाहरु मात्र सहभागि हुन पाउनेछन् ।
नेपालपत्र संवाददाता