आइतबार, आश्विन १८ गते २०८३

अर्थमन्त्रीलाई बैंकरको बिफ्रिङ, ‘बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग बढेन’


श्रावण २, २०८१ बुधबार
अर्थमन्त्रीलाई बैंकरको बिफ्रिङ, ‘बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग बढेन’

नेपाल बैंकर्स संघले उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर वर्तमान अर्थतन्त्र र बैंकिङ क्षेत्रको अवस्थाको बारेमा जानकारी  गराएको छ।  अर्थमन्त्रीलाई भेटेर उनीहरुले बैैंकको नाफा घटेको र  खराब कर्जा बढेको  बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पु¥याएको योगदान  उल्लेख रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको  समेत जनाए ।  अहिलेको अवस्थामा  अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार लाग्नु पर्नेमा उनको जोड छ । 

 अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  अर्थमन्त्री पौडेलले सरकार सबैको अभिभावक भएको कारण सबैको समस्यालाई आत्मसाथ गर्दै समस्याको समाधानको लागि अग्रसर जनाए ।