कर्मचारी सञ्चय कोषले ब्याजदर घटाएको छ । २०८१ साउन १ गतेदेखि लागु हुनेगरी सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा वार्षिक ५.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
सञ्चयकर्ता सापटी तर्फ विशेष सापटीमा ६.६० प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.५० प्रतिशत र जग्गा खरिद तथा सरल सापटीमा ८ प्रतिशत ब्याज लिने भएको छ ।
विशेष सापटी बाहेक अन्य सापटीको ब्याज नियमित रुपमा बुझाउने सञ्चयकर्ताले ०.२५ प्रतिशत ब्याजदर छुट सुविधा पाउने कोषद्वारा जारी परिपत्रमा उल्लेख छ ।
नेपालपत्र संवाददाता