शनिबार, आश्विन १७ गते २०८३

कनेक्ट आइपीएस सेवा प्रयोग गर्दा आजदेखि भ्याट लाग्ने

श्रावण १, २०८१ मंगलबार
कनेक्ट आइपीएस सेवा प्रयोग गर्दा आजदेखि भ्याट लाग्ने

साउन १ गतेबाट अन्तरबैंक विद्युतीय रकमान्तर तथा भुक्तानी सेवा कनेक्ट आइपीएस प्रयोगकर्ताले सेवा लिएवापत भ्याट समेत तिर्नुपर्ने भएको छ । 

कनेक्ट आइपीएसले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१ ८२ को बजेटले क्लियरिङ सेवालाइ भ्याट छुटको सूचीबाट हटाएकोले नयाँ आर्थिक वर्षको शुरू देखि कनेक्ट आइपीएसले प्रदान गर्ने सम्पूर्ण सेवामा भ्याट लाग्ने जनाएको छ । 

हालसम्म कनेक्ट आइपीएसले सेवा प्रयाेगकर्ताबाट ५०० सम्म २ रूपैया, ५ हजार सम्म ४ रूपैया र त्यसभन्दा माथिकाे रकममा ८ रूपैया शुल्क लिने गरेकाे थियाे । अब भने साे शुल्कमा भ्याट समेत थप लाग्ने भएकाे हाे । 

सूचनामा भनिएको छः “नेपाल सरकारको आर्थिक वर्ष २०८१र८२ बजेट अनुरुप नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ९आर्थिक ऐन, २०८१० बमोजिम यस नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रदान गर्दै आएको समासोधन गृह ९क्लियरिङ्ग० सेवालाई मूल्य अभिवृद्धि कर छुट सूचीबाट हटाइएको हुँदा यस संस्थाले मिति २०८१ श्रावण १ गते देखी लागु हुनेगरी सञ्चालनमा रहेका सम्पूर्ण सेवाहरुमा मूल्य अभिवृद्धि कर लागू हुने व्यवहोरा जानकारी गराउँदछौं । ”

  • सम्बन्धित विषय:

  • # ConnectIPS