नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओलीले ४ दलको सहकार्यमा २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
मन्त्रीमण्डलमा पुरूषकाे तुलनामा महिलाकाे अनुपात न्यून रहेकाे छ । २ जना महिला मन्त्री रहेका छन् जसको प्रतिशत ९ हुन आउँछ भने पुरूषको संख्या २० अर्थात ९१ प्रतिशत छ। महिला मन्त्रीमा नेपाली काँग्रेसकाे तर्फबाट आरजु देउबा र नेकपा एमालेकी विद्या भटराइ रहेका छन् ।
क्लष्टरका आधारमा मन्त्रीमण्डलमा सहभागीमध्ये ब्राम्हण क्षेत्री १४ जना (६४%) , मधेशी ४ जना (१८%), जनजाति ३ जना (१४%) र दलित १ जना (५%) रहेका छन् ।
दलगत आधारमा नेपाली काँग्रेसबाट १० जना, नेकपा एमालेबाट ९ जना, जनता समाजवादी पार्टीबाट २ जना र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना सरकारमा सहभागी रहेका छन् ।
मन्त्रिपरिषदमा २ जना उपप्रधानमन्त्रीको हैसियतमा रहेका छन् । जसमामा नेपाली काँग्रेसका तर्फबाट शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेकपा एमालेको तर्फबाट अर्थ मन्त्री विष्णु पौडेल रहेका छन् ।
नेपालपत्र संवाददाता