पेन्सिलभेनियाको बटलरमा राजनीतिक र्यालीमा सहभागी भइरहेका बेला अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको समाचार एजेन्सीहरुले बताएकाछने । गोली उनको कानमा लागेको बताइएको छ। सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा गोली प्रहारलगत्तै ढलेका ट्रम्प एकछिनपछि रगतपच्छे कानसहित उठेका देखिए ।
राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पले नोभेम्बरको निर्वाचनका लागि मत जता पनि ढल्किन सक्ने राज्य पेन्सलभेनियाको बट्लरमा समर्थकहरूलाई सम्बोधन गर्न शुरु गर्दै गर्दा गोली प्रहार भएको थियो।
गोली प्रहारलगत्तै ती आक्रमणकारीको पनि गुप्तचर सेवाका अधिकारीहरुको गोली प्रहारबाट मृत्यु भएको खबरा उल्लेख छ। ट्रम्पले आफूमाथि आक्रमण भएपछि तत्काल प्रतिक्रिया जनाउने सेक्रेट सर्भिसलाई धन्यवाद दिएका छन् । ती आक्रमणकारीले स्टेजतर्फ धेर्रै राउन्ड गोली प्रहार गरेको बताइएको छ । यो घटनालाई ट्रम्पको हत्या प्रयासका रुपमा लिएर अनुसन्धान भइरहेको अमेरिकी उच्च अधिकारीहरुले जनाएका छन् । घटनाका प्रत्यक्षदर्शीले एक जना मानिस कार्यक्रमस्थल नजिकैको घरको छानोमा देखिएको बताएका थिए् ।
पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको नाम थमस म्याथ्यू क्रूक्स रहेको अमेरिकी गुप्तचर संस्था एफबीआईले जनाएको छ। ती व्यक्तिको उमेर २० वर्ष रहेको र उनी पेन्सिल्भेनिआको बेथल पार्कका निवासी रहेको एक विज्ञप्तिमा जनाइएको छ।
नेपालपत्र संवाददाता