सिग्मन्ड स्कोलोमो फ्रायड (१८५६–१९३९) खासमा अस्ट्रियन न्युरोलोजिस्ट एवं मनोविश्लेषक हुन् । यिनले साइकोप्याथोलोजीका रुपमा स्नायु प्रणालीका समस्या क्लिनिकी तरिकाले मनोविश्लेषक तथा रोगीका बीच कुराकानी गरेर उपचार गर्न सकिने विधा र ज्ञानको विकास गरे । यिनले आफ्नो जीवनमा २३ पुस्तक का साथै १६ वटा यौनसम्बन्धी अनुसन्धानपत्र दिएर गए।
मेडिकल अनुसन्धाताका रुपमा कोकिन जस्तो लागुपदार्थबाट मानसिक तथा शारीरिक समस्याहरूको प्रभावकारी समाधान गर्न सकिनेबारे उपयोगी औषधी बनाउन सकिने विचार प्रतिपादन गरे । यिनले ४ वर्षसम्म कोकिनको बारेमा अनुसन्धान पत्र वा पुस्तक प्रकाशित गरे।
१९३३ मा जर्मनीको नाजी शासनले यिनका भेटेजति पुस्तक जलाइदियो । यसको विरोधमा त्यो बेला उनले प्रतिक्रिया दिँदै भनेका थिए, “कस्तो उन्नति हामी दिन लागेका छौँ ! मध्ययुगमा भएको भए यिनीहरूले मैलाई जलाउने थिए, तर आज उनीहरू मेरा पुस्तक जलाएर आनन्द लिइरहेका छन् ।
फ्रायडले सपनाले निद्रालाई मलजल गर्ने हो, नत्र स्वप्नद्रष्टालाई निद्राबाट बिथोलेर उठाइदिने काम गर्छ" भन्थे। धूमपानको अतिअम्मली फ्रायडलाई मुखको वा दाँतको क्यान्सर देखियो, अति धूमपानको करामत हुनसक्छ । फ्रायडलाई नेपालका धेरैजसो बुद्धिजीवीहरू यौनसम्बन्धी विचारका कारणले चिन्दछन्, ठीकै छ । तर उनले साइकोप्याथोलोजीका विभिन्न विधामा मौलिक विचार दिएको हैसियतमा चिन्नु बढी उपयुक्त हुन्छ ।
चन्द्रमणि गाैतम