शुक्रबार, कार्तिक ७ गते २०८३

मासु ब्यापारी, रक्सी उत्पादक वा पाउरोटी निर्माताको परोपकारबाट होइन, उनीहरूले आफ्नो स्वार्थसँग राखेको सरोकारका आधारमा हामी आफ्नो भोजनको अपेक्षा गर्दछौं: आदम स्मिथ


आषाढ २६, २०८१ बुधबार
मासु ब्यापारी, रक्सी उत्पादक वा पाउरोटी निर्माताको परोपकारबाट होइन, उनीहरूले आफ्नो स्वार्थसँग राखेको सरोकारका आधारमा हामी आफ्नो भोजनको अपेक्षा गर्दछौं: आदम स्मिथ

पश्चिमी मुलुकहरूमा, स्कटल्याण्डका दार्शनिक आदम स्मिथ (१७२३–१७९०) ले आधुनिक अर्थशास्त्रलाई जन्म दिनुभन्दा २४ सय वर्षअघि नै पूर्वीय दर्शनमा कौटिल्य (राजनीतिक नाम ‘चाणक्य’) ले अर्थशास्त्रलाई छुट्टै शास्त्रको रुपमा स्थापित गरिसकेका थिए ।
पाँच खण्डमा विभाजित स्मिथको ऐतिहासिक कृति An Enquiry into the Nature and Causes of Wealth of Nations (राष्ट्रहरूका धनको कारण र प्रकृतिबारे एक खोजी), जसलाई सजिलोको लागि ‘वेल्थ अफ् नेसन्स्’ भन्ने गरिन्छ, १७७६ मा प्रकाशित भयो, जुन वर्ष अमेरिका बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो ।
पूर्वीय जगतका कौटिल्य र पश्चिमी जगतका आदम स्मिथ, दुवैका ग्रन्थको समान मान्यता राज्यको धनसम्पत्ति वृद्धिमा केन्द्रित छ । स्मिथबारे सबैजसो अभिलेख उपलब्ध छ, तर कौटिल्यका विचार उनको अर्थशास्त्र र अन्य ऐतिहासिक सामग्रीबाट बुझिन्छ । दुवैका ग्रन्थमा सबै उन्नतिको आधार अर्थलाई मानिएको पाइन्छ ।
साविकमा फुटकर बहसको रुपमा रहेको आर्थिक पक्षलाई आदम स्मिथले समकालिन युरोपको बौद्धिक समुदायमा ठूलो प्रभाव पारे । अर्थशास्त्रलाई अलग शास्त्रको रुपमा स्थापित गरेको लगभग सय वर्षसम्म उनले एकछत्र र सर्वाधिक प्रभाव पारे । स्मिथभन्दा पहिले मानिसहरूले अर्थबारे शास्त्रीय कुरा गर्थे, तर स्मिथपछि अर्थशास्त्रबारे कुरा हुनथाल्यो । उनले आफ्नो पुस्तकको प्रकाशनपछि युरोपको भ्रमण गरी समकालीन दार्शनिक तथा साहित्यकारहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि पाए । कार्ल् मार्क्सले आफ्नो प्रसिद्ध कृति ‘पूँजी’ (Das Capital) मा उनका विचारलाई अनगिन्ती प्रसंंगमा उद्धृत गरेको पाइन्छ ।
अविवाहित, कानुन व्यवसायी, लेखक तथा भन्सारका निर्देशक पिता आदम स्मिथ सिनियर र विदुषि आमा मार्गरेट डग्लसका छोरा, ठूलो नाक, बडा र उदाङ्ग आँखा, उछिट्टिएको तल्लो ओठ, बोल्न बाधा परिरहेको जस्तो शैली आदम स्मिथको व्यक्तित्वका विशेषता थिए । सुद्धि गुमेको मानसिकता (एब्सेन्ट माइन्ड), एक्लै बोल्ने स्वभाव थिए । जन्मिनुभन्दा ३ महिना अगाडि नै बाबुको निधन भएपछि उनको हुर्काइ र पठनपाठनको सम्पूर्ण दायित्व आमामाथि पर्यो ।

mother adamsith.jpg
अक्सफोर्ड विश्वविद्यालयमा उनले सन् १७४० देखि छः वर्षसम्मअध्ययन । ग्लास्गो विश्वविद्यालयमा अध्ययनार्थ प्रवेश गर्दा उनको उमेर केवल १४ वर्षको थियो । ग्लासगोबाट अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनको लागि जाँदा उनले ४०० माइलको दूरी घोडचढीको रुपमा पूरा गरेर पनि चर्चित भए । यति लामो दूरी पार गर्दा उनले इङ्ल्याण्डका कृषिको उन्नत र समृद्ध आर्थिक अवस्थाको पनि गहन अध्ययन गरे, जसको प्रभाव उनको उक्त पुस्तकमा झल्किन्छ ।
एकदमै सद्भाव र प्रेम राखिएकी आमाको निधन (१७८४) भएपछि आदम स्मिथको जीवनमा त्यसको ठूलो असर पर्यो । त्यसको छ: वर्षपछि आन्द्राको बिमारको कारण स्मिथको निधन भयो । उनका निजी कागजपत्र उनैको आग्रहअनुरुप सबै नष्ट गरियो ।

Wealth of nation.jpg
...............
“हरेक राष्ट्रको वार्षिक श्रम त्यस्तो कोष हो जसबाट मूलतः राष्ट्रलाई वार्षिक रुपमा उपभोग गरिने जीवनका सबै आवश्यकता र सुविधाहरू प्रदान गरिन्छ” (The annual labour of every nation is the fund which originally supplies it with all the necessaries and conveniences of life which it annually consumes : Wealth of Nations P.1)
"It is not from the benevolence of the butcher, the brewer, or the baker, that we expect our dinner, but from their regard to their own interest. We address ourselves, not to their humanity but to their self-love, and never talk to them of our own necessities but of their advantages" : Wealth Of Nations.