- सीताराम थापा
अन्तराष्ट्रिय भलिबल खेल्न जान महिला भलिबल खेलाडी छनाैट भएकाे छन्र।
माल्दिभ्समा हुने काभा यु२० महिला भलिबल उपाधि चुम्नकाे लागि १२ सदस्यीय खेलाडी टाेली घाेषणा भएकाे हाे।
भर्खर सातै प्रदेशकाे राष्ट्रिय खेलकुद परिषदकाे कभर्ड हलमा सम्पन्न प्रतियाेगितामा भाग लियका खेलाडी टाेलिका सदस्यहरुबाट छनाैट गरिएका नेपाल भलिबल संघकाे अध्यक्ष जितेन्द्र बहादुर चन्दले सूचना संप्रेशण गरेका छन्।
यहि प्रकृयाबाट छनाैट हुने पुरुष खेलाडी टाेली भने खेल अलि ढिला हुने भएकाले पनि छनाैट भईसकेकाे छैन।
पुरुष टाेलीमा गण्डकी प्रदेश उपाधि च्याम्पियनसिप बनेकाे र उप बिजेता लुम्बिनी बनेकाले निष्पक्ष छनाैट भएमा यी टाेलबाट अधिकास खेलाडी पर्न सक्ने सम्बन्धित श्राेतले बताएकाे छ।
यसै गरी सुदुर पश्चिम तेश्राे बनेकाे र यस बाहेक काेही अति उत्कृष्ट खेलाडी भएमा त्यस्ताे टिम बाट एकाध खेलाडी छनाैट हुन सक्ने छ। 
अन्तराष्ट्रिय खेलमा उच्च प्रतिष्पर्धा हुने भएकाले नेपालकाे झण्डा फहराउन पनि बिजेताहरु र उत्कृष्ट खेलाडी छनाैट हुनु पर्ने छनाैट टिमका सुर्य बिकले बताय।
खेलाडी संगै उत्कृष्ट काेचहरु पनि छनाैट हुने भयकाले च्याम्पियनसिप बनाउन सफल काेच तथा अनुभबि प्रशिक्षक रमेस केसि जस्ताे ब्यक्ति पर्नु पर्ने सामाजिक संजालमा उल्लेख र चर्चा छ।
गण्डकीका प्रमुख प्रशिक्षक तथा चर्चित काेच रमेश केसिले धेरै खेलाडी उत्पादन गरि जिताउन याेगदान गरेकाे पुर्व भलिबल खेलाडि समेत भयकाे गण्डकी भलिबल संघले बताएकाे हाे।
यसाे त केशी प्रदेस र राष्ट्रिय स्तरबाट पनि याेगदानकाे सम्मानित भएका छन्।

यु -२० काे लागि माल्दिभ्समा खेल्न जान छनाैट भएका महिला खेलाडीमा उपाधि चुमेकाे टिम बागमती प्रदेशका जाेनिशा बिक, सलिना बुढा मगर, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, भावना तामाङ गरी ६ जना रहेका छन्।
उप बिजेता बाट लुम्बिनी प्रदेशका मिना सुनार, अनुषा चाैधरी, निशा चाैधरी, आरती चाैधरी गरि ४ जना रहेका छन्। सह उप बिजेता गण्डकी बाट र सान्त्वना सुदुर पश्चिम बाट क्रमश आशिका क्षेत्री र स्नेहा ठगुन्ना २ गरी १२ जना छानिएका हुन्।
सह बिजेता तथा तेश्राे भएकाे गण्डकीका स्वयं थापा लगायत भने बैकल्पिक खेलाडीमा मात्र परेकाे र बैकल्पिक खेलाडी अरु जान नसके मात्र जान पाउने अवस्था ।रहेकाे गण्डकी प्रदेशकाे खेलाडी तथा सम्बन्धित निकायकाे चर्चा छ।

महिला टिमबाट मूख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा ब्यवस्थापकमा जुनु पुन मगर छन्। प्रतियाेगितनमा महिला टिमले च्याम्पियनसिप बन्ने तयारी गरी माल्दिभ्सकाे मालेमा असार ३१ साउन ९ गतेसम्म भब्य अन्तसाष्ट्रिय खेल हुने छ।
-*विशेष संबाददाता एवं सामाजिक अभियान्ता।
सीताराम थापा