आइतबार, आश्विन १८ गते २०८३

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासकाे मत लिने

आषाढ २१, २०८१ शुक्रबार
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासकाे मत लिने

प्रधानमन्त्री संघीय संसदका महासचिवलाइ पत्र लेखेर २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकमा विश्वासकाे मत लिने  व्यवस्था मिलाउन अनुराेध गरेका छन् । सत्तारूढ घटक नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पुगेकाे वर्तमान सरकारले विश्वासकाे मत लिने भएकाे हाे । 

प्रधानमन्त्रीले लेखेकाे पत्रमा भनिएकाे छः ‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दत्तहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ।’