सरकारले एकैदिन १४ अर्ब १८ करोड ६७ लाख रुपियाँ भुक्तानी गरेको छ । हिजो चालुतर्फ १३ अर्ब ३२ करोड ८१ लाख र पुँजीगततर्फ ८५ करोड ८६ लाख रुपियाँ खर्च भएको महालेखा नियन्त्रणकको कार्यालयको तथ्यांकले देखाएको छ । असार मसान्त लागेसँगै सरकारले बजेट खर्चलाई तिव्रता बनाएको हो ।
सरकारले गत असार ५ गते १२ अर्ब ५८ करोड ३० लाख र असार १० गते १० अर्ब ६३ करोड ५८ लाख रुपियाँ खर्च गरेको थियो ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार असार १ गते १४ करोड ९५ लाख रुपियाँ मात्रै खर्च भएको थियो । जेठ मसान्तसम्म सरकारको खर्च न्यून रहेको थियो । सरकारले चालु आवमा १७ खर्ब ५१ अर्ब रुपियाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।
नेपालपत्र संवाददाता