नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक ४५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०८१ साल साउन ३ गतेदेखि २०८२ साल साउन ३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको सूचना मार्फत जानकारी दिइएको छ । बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा २ करोड २५ लाख रुपैयाँ गरी कुल ४५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले आगामी असार २१ गते विहान १० बजेदेखि ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाएर राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ । राष्ट्र बैंकले मुद्दती निक्षेप लिने बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा अनुपात कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने शर्त राखेको छ । त्यसैगरी खुद तरल सम्पत्तिको बैंकले तोकेको न्यसनतम सीमा कायम गरेको,लगानी गरेको बैंकको सिइओ तथा सञ्चालकहरु कारवाहीम नपरेको र कर्जा/स्वदेशी निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हुनुपर्ने जनाएको छ ।
नेपालपत्र संवाददाता