प्रभु बैंकले भिजा इन्टरनेशनलसँगको सहकार्यमा नविनतम् सुविधासहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि सञ्चालनमा ल्याएको सेवा अन्तरराष्ट्रिय रुपमै व्यवसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिन्छ । यो प्रभु बिजनेश डेबिट कार्ड चल्तीखाता खोली कारोबार गर्ने तथा गरिरहेका खाताधनी हरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको कम्पनीले बताएको छ। यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि लक्षित छ ।
व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।
बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेड सँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सकिन्छ । बिजनेस डेबिट कार्डको मद्दतले टिकटहरू (हवाई र बस )तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलमार्फत ट्राभल एजेन्टहरुसँग खरिद गर्न सकिन्छ । यसरी व्यवसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेशन झंझट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ ।
बिजनेस डेबिट कार्डको मद्दतले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरिदको लागि भुक्तानी गर्न सकिन्छ । बिक्रेताहरूसँग राम्रो छूटको लागि सीधै कुराकानी गर्न सकिन्छ । किनकि बिक्रेताले बैंक खातामार्फत तुरुन्तै सुरक्षित् रुपमा भुक्तानी प्राप्त गर्दछन् । भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छ । ई–कमर्स र पीओएस टर्मिनलहरू मार्फत भुक्तानी को स्वीकृति संग, व्यापारिक घरानाहरूले पारदर्शी र सजिलैसँग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन् ।
ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालनका लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डलेसुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ । कम्पनीले सञ्चालनमा ल्याएको यसप्रकारको बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबर्द्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने विश्वास लिएको बताएको छ ।
नेपालपत्र संवाददाता