नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंकहरूलाई अग्राधिकार सेयर जारी गर्ने बाटो खोलेको हो। तर त्यसका लागि विभिन्न शर्तहरू रहेका छन् ।
केन्द्रीय बैंकले एक परिपत्रमार्फत् एकीकृत निर्देशनमाथि संशोधन गर्दै १२ सर्त राखेर अतिरिक्त पुँजी जुटाउने बाटो खोलेको हो ।
बैंक वित्तीय संस्थाले अविमोच्य असञ्चित (पर्पेच्युअल नन क्युमुलेटिव) प्रकृतिको अग्राधिकार सेयर जारी गर्न पाउनेछन् । यस्तो प्रकृतिको सेयर जारी गरेपछि बैंकहरूको प्राथमिक पुँजीको सकस अन्त्य हुने अपेक्षा छ। यस्तो सेयर फिर्ता गर्नुपरे बैंकहरूले कमन इक्विटी जुटाउने प्रकृतिको उच्च गुण भएका ९आईपीओरएफपीओ आदि० सेयर जारी गर्नुपर्नेछ ।
५ वाणिज्य बैंक चरम प्राथमिक पुँजी सकसमा रहेका बेला राष्ट्र बैैंकले सहज बनाउने बाटो खोलिदिएको हो । अब बैंकहरूले पर्पेचुअल प्रकृतिको अर्थात् सदा कायम रहने असञ्चयील ९नाफा भएको वर्षमात्र लाभांश दिने० अग्राधिकार सेयर जारी गर्नेछन् । जसका लागि नबिल बैंक र एनआईसी एशिया बैंकले अनुमति माग गरिसकेका छन् ।
नेपालपत्र संवाददाता