आइतबार, आश्विन १८ गते २०८३

एसईई परीक्षाको नतिजा सार्वजनिक, १८६ जनाले ल्याए ४ जीपीए


आषाढ १३, २०८१ बिहीबार
एसईई परीक्षाको नतिजा सार्वजनिक, १८६ जनाले ल्याए ४ जीपीए

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार  १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । 


उक्त परीक्षामा ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन्। जुन कुल परीक्षार्थीको ४७।८६ प्रतिशत हो । परीक्षा बोर्डका अनुसार भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थीको नतिजा ननग्रेडमा आएको छ । 

यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक ९लिखित० तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी अनुत्तीर्ण ९नन ग्रेड० भएका छन्। नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

यस वर्षदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थी ननग्रेड भएका पौडेलले बताए। ‘डी’ ग्रेड अर्थात् १।६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा ननग्रेडिङ ९एनजी० भएको हो। 

दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले एक महिनापछि सञ्चालन गर्ने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए हुने बोर्डले जनाएको छ।  ‘डी’ ग्रेडसम्म ल्याउने विद्यार्थी मात्रै अब माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिने बोर्डले जनाएको छ।