आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत बजेटलाई निर्णायार्थ पेस गर्ने कार्यसूचीमा रहेको छ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको प्रतिनिधिसभामा छलफल जारी रहेको छ । बजेटका बारेमा मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिइरहेका छन्। त्यसपछि बजेट पारितको प्रक्रियामा जानेछ।
कतिपय सत्तारूढ दलहरूले आजको बैठकमा अनिवार्य उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेका छन् ।
नेपालपत्र संवाददाता