सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउस लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानेले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाईनेटवर्क मार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।
नेपालपत्र संवाददाता