आइतबार, आश्विन १८ गते २०८३

एनआइसी एसिया बैंकले ऋणीहरुलाई कर्जामा आकर्षक ब्याज छुट दिने


आषाढ १०, २०८१ सोमबार
एनआइसी एसिया बैंकले ऋणीहरुलाई कर्जामा आकर्षक ब्याज छुट दिने

 एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ब्याज छुट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने उदेश्यले बैंकले छुट दिने जनाएको छ ।

ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत  छुट दिने भएको छ । भाखा नाघेको समयावधि ९१ दिन देखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत,१८१ दिनदेखि ३६५दिनसम्म २५प्रतिशत र ३६५ दिनभन्दा बढिको साधारण ब्याजमा३५ प्रतिशत छुट दिने बैकले जनाएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका

कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा  परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गन बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।