आइतबार, कार्तिक ९ गते २०८३

एनआईसी एसिया बैंकले पायो अन्तरराष्ट्रिय बैंकहरूको पीसीएएफको सदस्यता


आषाढ ९, २०८१ आइतबार
एनआईसी एसिया बैंकले पायो अन्तरराष्ट्रिय बैंकहरूको पीसीएएफको सदस्यता

एनआईसी एसिया  बैंक अन्तरराष्ट्रिय बैंकहरूको पाटर्नरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) को सदस्यमा नियुक्त भएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै पीसीएएफको सदस्य पाएको जानकारी गराएको छ । 

 बैंकले विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा शुरु भएको यसपहलबाट ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित हुने पनि बताएको छ । पीसीएफले छ वटा महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग सदस्यता विस्तार गरिसकेको छ। 

विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ अगाडि बढेकाले बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र यसबारे रिपोर्टिङ गर्न तथा दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायुमैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताएका छन् । पीसीएएफ आवद्ध संस्थाहरुले अन्य विभिन्न संस्थाहरूसँग सहकार्य गरेर कर्जा र लगानीको ग्रीनहाउस उत्सर्जन मापन गर्न काम गर्दछन् ।