आइतबार, आश्विन १८ गते २०८३

एसईई परीक्षाको नतिजा यसै साताभित्र

आषाढ ९, २०८१ आइतबार
एसईई परीक्षाको नतिजा यसै साताभित्र

 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो साताभरीमा प्रकाशन गर्ने तयारी गरेको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार रुजु र प्रोसेसिङका काम बाँकी रहेको र करिब ३ दिनमा सबै काम टुङ्ग्याउने कार्यालयको योजना छ। यस वर्ष सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको नतिजा फरक गरी सार्वजनिक गरिँदैछ, जसमा सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत (२७ अङ्क) अनिवार्य ल्याउनै पर्नेछ। 

२०८० चैत्रमा ४ लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए। शिक्षा मन्त्रालयले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो। निर्देशिका अनुसार सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्नेछ। ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउने विद्यार्थीले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ।