आइतबार, कार्तिक ९ गते २०८३

एनएमबी बैंकका ग्राहकले कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशत छुट पाउने


आषाढ ६, २०८१ बिहीबार
एनएमबी बैंकका ग्राहकले कतार एयरवेजको टिकट   खरिदमा १० प्रतिशत छुट  पाउने

एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुलाई कतार एयरवेजले टिकटमा छुट दिने भएको छ । बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

छुट प्राप्त गर्न नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोसनल कोड प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् ।

साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउने समझदारीमा उल्लेख छ । एनएमबीले बैंक विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्थाको रुपमा यो बैंक चिनिएको छ ।