आइतबार, आश्विन १८ गते २०८३

मुद्दती निक्षेपको  धितोमा कर्जा  दिँदा कुनै शुल्क लिन नपाइने


आषाढ ४, २०८१ मंगलबार
मुद्दती निक्षेपको  धितोमा कर्जा  दिँदा कुनै शुल्क लिन नपाइने


बैक तथा वित्तीय संस्थामा मुद्दती खातामा जम्मा गरेको रकम आवश्यकता परेमा ग्राहकले ऋणको रुपमा निकाल्न सक्ने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकलै आज एक सूचना जारी गर्दै ग्राहकहरुलाई मुद्दती निक्षेप अवधि समाप्त हुनु अगावै रकमको आवश्यकतामा परेमा सोही मुद्दती निक्षेप धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने जनाएको छ ।

यस्तो कर्जामा लाग्ने ब्याजदर मुद्दती निक्षेपमा प्रदान गरिएको ब्याजदर के कति प्रतिशत विन्दुले थप गरी तय गरिने हो वा आधार दरका आधारमा तय गर्ने हो भने के कति प्रिमियम थप गरी तय गर्ने हो,सो सम्बन्धमा सम्बन्धित ग्राहकलाई मुद्दती निक्षेप खाता खोल्दाकै बखत जानकारी दिई निजको लिखित सहमति लिनुपर्ने व्यस्था रहेको सूचनामा उल्लेख छ ।

त्यसका साथै ग्राहकले सहमति जनाएको भन्दा फरक ढङ्गले त्यस्तो कर्जाको ब्याजदर कायम गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थाले यस्तो  कर्जा  प्रवाह गर्दा कुनै किसिमको अन्य शुल्क लिन नपाइने व्यवस्था समेत छ । कर्जाको ब्याजदर कसरी निर्धारण भएको छ बुझेर मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकको आग्रह छ।