बुधबार, भाद्र ३ गते २०८३

ईद-ऊल-फित्र : अल्लाहको इनामको दिन


आषाढ ३, २०८१ सोमबार
ईद-ऊल-फित्र : अल्लाहको इनामको दिन

 

मौलाना डा.मुकर्रम अहमद

रमजान महिना समाप्त हुँदा जुन नयाँ चन्द्रमा निस्कन्छ अर्थात शव्वाल महिनाको चाँद किस्कन्छ, त्यसको पहिलो तारिखका दिन इद मनाइन्छ । यसलाई इद-ऊल-फित्र भनिन्छ । त्यस दिन बिहान सबेरै मुस्लिम धर्माबलम्बीले आफ्नो परिवारकासाथमा नुहाइ धुवाई गरेर, नयाँ नयाँ कपडा पहिरिने र अनि इत्र लगाएर तकबीर गर्दै मस्जिद तर्फ जाने गर्दछन् । यो तकबीर बिस्तारै बिस्तारै पढिन्छ । यसको अर्थ के हो भने हामी शारिरीक तथा मानसिकरुपले तयार भएर खुदाको आशिर्बादका लागि गइरहेका छौं । मस्जिदमा पुगेर नमाज पढिन्छ । नमाज पछि खुतबा -धार्मिक प्रार्थना पढ्ने गरिन्छ । त्यसमा अल्लाहको प्रसंशा गरिएको हुन्छ अनि प्यारा नबिसको प्रसंशा हुन्छ र त्यसपछि नमाज पढ्ने दाजुभाइहरुको नसिहत गरिन्छ ।

यसको मतलब के हुन्छ भने जस्तो किसिमले आज तिमी अल्लाहको दरबारमा आएका छौ, जस्तो किसिमले तिमीले रमजानको रोजा -ब्रत – बसेका छौ, रमजानको रातमा तराबी पढेका छौ, कुरान पढेका छौ, दान दिएका छौ र धेरै असल  कामहरु गरेका छौ, प्रार्थना गर कि ती सबैलाई अल्लाहले कबुल गरुन् । जस्तो किसिमले तिमीले रमजानमा अल्लाहको इबादत गर्दथ्यौ त्यसैगरी सम्पूर्ण जीन्दगीमा अल्लाहको इबादत गर्ने गर । आफ्नो मेहनतलाई गुनाह - पाप कर्ममा लगाएर बर्बाद नगर । अनि आज जस्तो किसिमले अल्लाहको सामुमा आएका छौ त्यसरी नै – याद राख कि दुःखका दिनमा पनि अल्लाहको सामुमा हाजिर हुनुपर्नेछ ।हामीले संसारमा जे पनि काम गर्दछौं त्यसको बदला हामीलाई अल्लाहको घरमा मिल्नेछ । ती खुदासँग प्रार्थना गर कि उनले त्रि्रो भाग्यमा खुशियाली लेखिदिने छन् । इदको दिन अल्लाहको इनामको दिन हो । जसले रमजानको रोजा - ब्रत राखेका छन् तिनको इद र जसले रोजा राखेका छ्र्रैनन्, इबादत गरेका छैनन, उनीहरुको लागि इद होइन ।

नयाँ नयाँ कपडा पहिरिनुले इद हुदैन, बरु जो पापबाट मुक्त हुन्छन् र जोसँग अल्लाह खुशी हुन्छ इद तिनैको हुन्छ । जस्तो तिमी आज नुहाइ धुवाई गरेर सफा सुग्घर कपडा पहिरेर आएका छौ, कोशिश गर कि त्रि्रो आत्मा पनि त्यसरी नै सुग्घर सफा हुन सकोस् । अनि तिम्रो तन मन पनि अल्लाहको इबादत जस्तै लाग्न थालोस् ।