आइतबार, कार्तिक ९ गते २०८३

महालक्ष्मी विकास बैंकद्वारा ग्राहकका लागि विभिन्न संस्थासँग छुट सम्झाैता


आषाढ २, २०८१ आइतबार
महालक्ष्मी विकास बैंकद्वारा ग्राहकका लागि विभिन्न संस्थासँग छुट सम्झाैता

महालक्ष्मी विकास बैंकले विभिन्न स्वास्थ्य सेवा प्रदायक र सुपर मार्केट कम्पनीसँ सहकार्य गरी आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा वस्तु खरिदमा छुट सुविधा प्रदान गरेको छ । 

जसअनुसार पोखरास्थित लेखनाथ सिटी अस्पतालमा उपचार गराउँदा जेरनल वेडमा २५, क्याविन, पोस्ट अपरेशन र ल्याबमा १५, आईसीयुमा १०, सर्जरी र फार्मेसी सेवामा ५ प्रतिशत छुट दिने घोषणा गरेको हो ।

यस्तै ललितपुरको ओरो प्लस डेन्टल क्लिनिकमा उपचार गराउँदा नियमित उपचारमा १० र विशिष्टिकृत उपचारमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी बुटवलस्थित एएण्डए हेल्थ क्लवमा उपचार गराउँदा फुड सप्लिमेन्टमा ५, तनि महिने एडभान्स फीतर्फ १० र ६ महिने एडभान्स फीतर्फ १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी तिलोत्तमा नगरपालिकास्थित सुपर मार्केट एनजी मार्केटमा सपिङ्ग गर्दा गार्मेन्टमा १०, घरायसी र विद्युतीय उपकरणमा ५, खाद्यान्नमा १.५ र गैर खाद्य पदार्थमा २ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । 

बैंकले आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन यस्ता संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोवाइल बैकिङ्ग प्रयोगकर्ताले ति संस्थाहरुबाट छुट प्राप्त गर्न सक्ने बताइएको छ ।