आइतबार, आश्विन १८ गते २०८३

हिमालयन बैंकको ५० लाख ९१ हजार कित्ता शेयर विक्रीमा


जेठ ३०, २०८१ बुधबार
हिमालयन बैंकको ५० लाख ९१ हजार  कित्ता   शेयर विक्रीमा

हिमालयन बैंकको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा राखेको छ । उक्त शेयर  बैंकका विध्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न सक्नेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ । 

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्ने बैंक्ले जनाएको छ । संस्थापक शेयरको बिक्री मुल्य बिक्रेताअनुसार फरक–फरक हुन सक्ने बैंकले   जनाएको छ ।

तोकिएको अवधिभत्रि संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आबेदन नआएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।