नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको अनुदान तथा सुविधाको सही उपयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै सरकारले लागू गरेको सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ु अनुसार विभिन्न १० शीर्षकमा बैंक तथा वित्तीय संस्थामार्फत लक्षित वर्गमा सहुलियतपूर्ण कर्जा प्रवाह हुँदै आएको जनाएको छ ।
उपर्युक्त कार्यविधि बमोजिम सहुलियतपूर्ण कर्जा प्रदान गर्न विभिन्न सर्त तथा मापदण्ड तोकिएको सूचनामा उल्लेख छ । २०८० चैत मसान्तमा १ लाख २७ हजार २१२ जना ऋणीले रु१४० अर्ब ५० करोड बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरिरहेका छन् । यस प्रकारका सहुलियतपूर्ण कर्जा साथ पुनरकर्जा र व्यावसायिक मिसा कर्जाको प्रभावकारिता तथा उपयोगको निक्र्योल गर्न स्वतन्त्र परामदाताबाट उपभोग गरिरहेका छन् । यस प्रकारका सहुलियतपूर्ण कर्जा साथै पुनरकर्जा र व्यावसायिक निरन्तरता कर्जाको प्रभावकारिता तथा उपयोगको निक्र्योल गर्न स्वतन्त्र परामर्शदाताबाट अध्ययन गराइएकोमा ३१ हजार ६७४ ऋणीको फाइल अध्ययन गरी परामर्शदाताबाट प्राप्त प्रतिवेदनमा करिब ७ प्रतिशत कर्जा सदुपयोग नभएको तथ्याङ पेस हुन आएको छ ।
यसरी सदुपयोग नभएका कर्जाको सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत यकिन गराई व्याज अनुदान तथा सुविधा फिर्ता गराउने एवम् यस्तो कार्यमा प्रत्यक्ष रूपमा संलग्न भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सम्बन्धित सस्थाबाट विभागीय कारबाही गर्ने लगायतका कारबाहीको प्रक्रिया अगाडि बढाउन गत माघमा नै राष्ट्र बैंकको सञ्चालक समितिबाट निर्णय भएको छ । सो प्रतिवेदन र निर्णय कार्यान्वयनका लागि सम्बन्धित सुपरिवेक्षण विभागमार्फत आवश्यक प्रक्रिया अघि बढाइसकिएको बैंकले जनाएको छ । विभिन्न निकायबाट प्राप्त हुने अनुदान एवम् सुविधा जिम्मेवारपूर्ण रुपमा अनुशासित भई उपयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
नेपालपत्र संवाददाता