मानिसको अन्तरिक्षतर्फको खोज अनुसन्धानको क्षेत्रमा गएको २ जूनका दिन चीनले एउटा अर्को नयाँ सफलताको इतिहास रचेको छ । उसले पठाएको मानबरहीत यान चन्द्रमाको सुदूर हिस्सा(फार साइड) मानिएको क्षेत्रमा उत्रिने सफलता पहिलो पटक पाएको छ । यो अन्तरिक्ष यात्राकै इतिहासमा एउटा महत्वपूर्ण र नबीन अभिलेख बन्न पुगेको छ । चीनको यो सफल चन्द्र मिशनले पहिलो पटक चन्द्रमाको त्यस सुदूर मानिएको हिस्साबाट चट्टान र माटोका नमूनाहरु ल्याउने छ । चीनको नेशनल स्पेस एडमिनिस्ट्रेशनले एक बक्त्यब्य जारी गरेर के बताएको छ भने चीनको त्यो चाङ्ग’ई–६ यान चन्द्रमाको साउथ पोल –आईटकिन बेसिनमा सफलतापूर्बक अबतरण गरेको छ ।
चीनको त्यो ‘चाङ्ग’ई–६ ल्याण्डर जुन पेलोड्स(सूचना दिने र लिने यन्त्र) लिएर चन्द्रमामा गएको छ त्यसले योजना अनुसार नै त्यहाँ बैज्ञानिक खोजबिन गर्नेछ’ । चीनले गएको मई २०२४ मा यो चाङ्ग’ईलाई चन्द्र मिशनमा पठाएको थियो । यो अभियान चीनको अहिलेसम्मको सबैभन्दा जटील चन्द्र मिशन पनि मानिन्छ । चाङ्ग’ई –६ ले आफुसँग जुन नमूनाहरु ल्याउने छ त्यसबाट बैज्ञानिकहरुलाई चन्द्रमाको उत्पत्ति र सौर्य मण्डलका बारेमा बहुमूल्य नयाँ थप जानकारीहरु प्राप्त हुनसक्ने छन् । त्यसले चीनको आउदा दिनको चन्द्रमा यात्रा अभियानका लागि अहं महत्वका डाटाहरु पनि उपलब्ध गराउन सक्नेछ ।
यस सन्दर्भमा अझ महत्वपूर्ण कुरा त के छ भने अमेरिका समेत कयौं देशहरुले चन्द्रमामा रहेका खनिज संसाधनहरुको बारेमा बढीभन्दा बढी जानकारी हासिल गर्न चाहन्छन् । किनकि आउँदो एक दशक भित्र चन्द्रमामा बस्ती बसाउन सकियोस र लामो समयका लागि अन्तरिक्ष यात्रीहरुलाई त्यहाँ राख्न सकियोस् । चीनको यो पछिल्लो ताजा चन्द्र यात्राको उपलब्धीभन्दा पहिला पनि चीन चन्द्रमाको यो दोश्रो टाढाको हिस्सामा पुगिसकेको हो । जनवरी २०१९ मा जब चाङ्ग’ई – ४ मिशन ‘फान कमान क्रेटर’ मा अबतरण भएको थियो, त्यतिबेला चन्द्रमाको त्यस ईलाकामा उत्रिने चीन पहिलो देश थियो । चन्द्रमाको त्यस क्षेत्रमा गहिरा र अँध्यारा खाडलहरुको भरमार रहेकोले त्यो क्षेत्र वास्तवमा रोबोटिक अबतरणका लागि निकै बढी नै चूनौतिपूर्ण भएको मानिदै आएको अन्तरिक्ष अध्येताहरु औंल्याउँदछन् ।

यस बर्ष अहिलेसम्म चन्द्रमामा यस्ता तीनवटा यस्ता अबतरण भइसकेका छन् । जापानको ‘एसएलआईएम ल्याण्डर’ गएको जनवारीमा चन्द्रमामा उत्रिएको थियो । त्यसपछि फेब्रुअरीमा अमेरिकी स्टार्टअफ ‘इन्ट्यूटिभ मशिन्स’ को एउटा ल्याण्डरले त्यहाँ उत्रिने सफलता पाएको थियो ।यद्यपि अहिलेसम्म चन्द्रमामा मानिसलाई उतार्ने उपलब्धि अमेरिकाले नै हासिल गरेको इतिहास रहेको छ ।
चाङ्ग’ई–६ ले जून महिनाको अन्त्यसम्ममा पठाइसक्ने छ नमूनाहरु
चीनको यो पछिल्लो चन्द्र यात्राको योजना अनुसार च्याङ्ग–ई–६ ल्याण्डर स्कूप र ड्रिलको सहयोगबाट दुइ दिन भित्र करीब दुइ किलो नमूनाहरु जम्मा गरिने छ अनि त्यसलाई ल्याण्डरको माथिल्लो भागमा रहेको एउटा रकेट बूस्टमा राखिने छ जुन अन्तरिक्षमा गएका चन्द्रमाको कक्षमा रहेको एक अन्तरिक्ष यानसँग जोडिने छ र पृथ्वीमा फिर्ता आउने छ । यसको अबतरण २५ जूनको वरिपरी चीनको भित्री मंगोलियाली क्षेत्रमा हुने योजना रहेको छ ।
यसरी सबै कुरा ठीक ठाक यानको योजना अनुसार चल्यो भने यस अभियानबाट चीनलाई चन्द्रमाको इतिहास र सौर्य मण्डलसँग सम्बन्धित अन्य महत्वपूर्ण जानकारीहरु पनि मिल्नेछन् । अनि यसले चन्द्रमाको डार्क(अध्यारो) र नियर(नजिक)साइडका बीचको तुलना गर्नमा पनि मद्दत मिल्नेछ । हुन त चीनले अन्तरिक्ष अभियानमा निकै बिलम्ब गरेर कदम बढाएको हो । अनि लामो समयसम्म त्यसको गति पनि मन्दरुपमा नै चलेको हो । तर पछिल्लो समयमा आएर चीनले बेहद तीब्र बेगमा र अत्यन्तै महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमकासाथ तीब्र गतिले अघि बढिरहेको छ । अहिले चीनले २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने तयारीकासाथ सघनताकासाथ काम गरिरहेको छ ।
यो चाङ्ग’ई–६ अबतरण भएको स्थान किन बिशेष छ ?
चन्द्रमाको साउथ पोल–आइटकिन बेसिन, हाम्रो सौर्य मण्डलको सबैभन्दा ठूलो र पुरानो ‘इम्प्याक्ट फीचर’मध्येमा एउटा हो ।यो इम्प्याक्ट फिचर भनेको अतीतमा कुनै अरु कुरासँग तीब्ररुपमा टक्कराउँदा या ठोक्किदा कुनै ग्रह, चन्द्रमा या एस्टेरोइडको सतमा बनेको कुनै आकृति उदाहरणार्थ खाल्टो या भञ्ज्याङ्ग जस्ता कुराले गर्दा नै नासाका अनुसार साउथ पोल आइटकिन बेसिनको तल्लो केन्द्र गहिरो, नीलो या बैजनी बिभिन्न रंगका देखिन्छन् । त्यसको किनारामा पहाडहरु पनि छन् जुन रातो र पहेंलो रंगका देखिन्छन् । अहिले त कसैले पनि नासाको वेभसाइट हेरेमा पनि यो देख्न सक्तछ ।
अन्तरिक्ष बिज्ञहरु भन्दछन् – त्यस चन्द्र बेसिनको ब्यास झण्डै २५०० किलोमिटरको छ । यो कुन अर्थमा पनि चाखलाग्दो छ भने चन्द्रमाको आफ्नो परिधि मात्र ११००० कलिोमिटर छ । अर्थात साउथ पोल आइटकिन बेसिन चन्द्रमको करीब एक चौथाई जति भागमा फैलिएको र यसको गहिराई आठ किलोमिटरभन्दा बढी रहेको बताइएको छ । ‘स्ट्रेटिग्राफिक सम्बन्ध’ले बताउदछ कि यो चन्द्रमामा रहेको सबैभन्दा पुरानो ‘इम्प्याक्ट बेसिन’ हो । तर बैज्ञानिकरु भने यसको उमेरको प्रष्ट र सटीक जानकारी हासिल गर्न चाहन्छन्
सरल भाषमा भन्नु पर्दा ‘स्ट्रेटोग्राफिक रिलेशनसिप्स’को अर्थ हो कि कुनै माटोमा बनेको कुनै चीज कति बर्षको या कति पुरानो भयो त्यो जान्ने तरीका हो । माटो पत्र पत्रमा बनेको हुन्छ । एक पत्रमाथि अर्को पत्र खप्टिएर बनेको देखिन्छ । यस हिसाबले तल बनेको पत्र चाँही सबैभन्दा पुरानो हुन्छ ।स्ट्रेटोग्राफिक रिलेसनशिपप्समा पुरातत्वबेत्ताहरुले माटोको त्यस पुरानो क्रमबाट नयाँ क्रममा बिभाजन गरेर त्यो कति बर्षको हो भन्ने उमेर निर्धारित गर्ने गर्दछन् ।

अनि चन्द्रमाको ‘फार साईड’ भनेको के हो ?
चन्द्रमाको एउटा भाग जुन हामी पृथ्वीबाटै देख्दछौ भने चन्द्रमाका अर्को हिस्सा या भाग जहिले पनि हाम्रो ओझेलमा नै परिरहेको हुन्छ । हामीले जुन भाग देख्दछौं त्यसलाई ‘नियर साइड’ भनिन्छ भने जुन हिस्सा देख्दैनौ त्यसलाई ‘फार साईड’ भनिन्छ ।
यस हिस्साका बारेमा मानिसहरुको ज्ञान या समझ एकदमै सीमित छ । यसका बारेमा त्यत्तिका धेरै खोज अनुसन्धान पनि हुन सकेको छैन । अझ मज्जाको कुरा त के छ भने चन्द्रमाको सतहमा धेरै मिशन र अभियान पठाएर मानिस उतारिसकेपछि पनि मानिसले अहिलेसम्म कुन कुराको जबाफ खोज तलास गरिसकेको छैन भने चन्द्रमा कसरी बन्यो ? अनि त्यसमा फारसाईड जस्तो रहस्यको कुरा पनि अज्ञात रहेको छ ।
अहिल रहस्यमय त्यो भागको बारेमा चीनले पायो ठूलो सफलता
बैज्ञानिकहरुका अनुसार चन्द्रमाको यो फार साइड हामीले देख्ने गरेको नियर साइडको हिसाभन्दा एकदमै भिन्न छ । १९५९ मा तत्कालीन समाजबादी सोभियत संघको एउटा अन्तरिक्ष यान पनि त्यो फार साइड भएर उडेको थियो । त्यतिबेला पहिलो पटक मानिसले त्यस भागको तस्वीर देखेका थिए । तै पनि बैज्ञानिकहरुले अहिलेसम्म पनि यसको रहस्यम पहेलीलाई सुल्झाउने भेउ पाउन सकेका छैनन् कि आखिर किन चन्द्रमाको एउटा हिस्सा पृथ्वीको सम्मुखमा रहन्छ र किन घुम्दै गएर अर्को आधा हिस्सा सामुन्नेमा आउदैन र यसरी हामी चन्द्रमालाई एकै साइडबाट मात्र देख्दै आएका छौं ? प्रश्नहरु अनुत्तरित नै छन् ।
कसरी बनेको हो चन्द्रमा ?
सामान्य मान्यता के छ भने यो पृथ्वीको आरम्भिक समयमा कुनै खगोलीय पीण्ड यससँग ठोक्किन आइपुग्यो । त्यो पीण्ड मंगल ग्रहको आकारको थियो होला । त्यो पीण्ड ठोकिन जाँदा पृथ्वीको एक टुक्रा उछिट्र्टि अन्तरिक्षमा गयो र चन्द्रमा बन्यो ।
बैज्ञानिकहरु के मान्दछन् भने एउटा समय थियो जुन बेला चन्द्रमा पग्लिएको अबस्थाबाट गुज्रिरहेको थियो । उदाहरणार्थ त्यो म्याग्माको एउटा ठूलो समुन्द्र नै थियो । जुन काल क्रममा अगाडि गएर जम्यो र ठोस हुनु पुग्यो । चन्द्रमामा ज्वालामुखीबाट निस्केको म्याग्मा वा बहावबाट बनेका गहिरा हिस्साहरु आज पनि मौजूद रहेका छन् । तिनै सतहमा देखिने गरेका हल्का रंगका हिस्सा चन्द्रमाका आरम्भिक पत्रहरु –क्रस्ट मानिन्छन् भन्ने अहिलेसम्मको बैज्ञानिकहरुको पछिल्लो बिनष्कर्श छ । जे होस् चीनको पछिल्लो चन्द्र मिशनको सफलताले चन्द्रमाका थप रहस्यहरुको उजागर गर्न मद्दत गर्नेछ ।