काठमाण्डौ । दक्षिण अफ्रिकामा भएको संसदीय चुनावमा आज शनिबार सम्पन्न भएको मतगणनाको परिणाम अनुसार रंगभेदबादी गोरा शासनको अन्त्य गरेर ३० बर्ष अघी १९९४ मा सत्तासीन भएको अफ्रिकी राष्ट्रिय काँग्रेस (एएनसी) जसकाे नेतृत्व अहिल सीरिल रााापाेशाले गर्दै छने, ले संसदीय बहुमत गुमाएको छ । यस ऐतिहासिक निर्वाचन परिणामले दक्षिण अफ्रिकालाई नयाँ राजनीतिक मार्गमा पु¥याएको भनिदैछ । जुन ३० वर्षअघि दक्षिण अफ्रिकामा गोराहरूका रंगभेद तथा जातिभेदको शासनको अन्त्य भएको समयदेखि पछि यो स्थिति पहिलो पटक खडा भएको हो।

आज लगभग ९९% मतगणना भइसकेको अवस्थामा, एक पटकको प्रभावशाली एएनसीले गए बुधबार भएको चुनावमा केवल ४०% भन्दा बढी मत मात्र प्राप्त गरेको छ, जसले १९९४ को ऐतहासिक मतदानदेखि अहिलेसमम बहुमत कायम गर्दै आइराखेको थियो। यद्यपि चुनावका अन्तिम परिणामहरू निर्वाचन सञ्चालन गर्ने स्वतन्त्र निर्वाचन आयोगद्वारा औपचारिक रूपमा घोषणा गर्न बाँकी नै छ।
एएनसी बिरोधी विपक्षी दलहरूले यसलाई गरिबी र असमानतासँग संघर्ष गरिरहेको देशका लागि एक महत्वपूर्ण सफलता मानेका छन्, यद्यपि नयाँ संसदमा अझै पनि सबैभन्दा ठूलो दल एएनसी नै रहेको छ, तर अब सरकारमा रहन र सरकार बनाउन दोस्रो र अन्तिम कार्यकालका लागि पुनः निर्वाचित गर्न गठबन्धन साझेदारहरू खोज्नुपर्नेछ। राष्ट्रिय चुनावपछि संसदले राष्ट्रपति निर्वाचित गर्छ।
यो चुनाव परिणामले दक्षिण अफ्रिकाको युवा गणतन्त्रमा एएनसीको तीन दशक लामो प्रभुत्वको अन्त्य त गरेको छ, तर दक्षिण अफ्रिकाको कान्छो गणतन्त्रका लागि मार्ग निकै जटिल हुने स्थिति देखा पर्दछ । र हालसम्म कुनै गठबन्धनले सरकार बनाउने दाबी गरिसकेको छैन ।
मुख्य विपक्षी दल डेमोक्रेटिक एलायन्सले करिब २१% मत पाएको छ भने नयाँ आरजे पार्टी, जसको नेतृत्व एएनसी छोडेका पुराना नेता ज्याकोभ जुमाले गरेको छ, पहिलो पटक भाग लिएको चुनावमा १४% भन्दा बढी मत सहित तेस्रो स्थानमा आएको छ।
नेपालपत्र संवाददाता