पछिल्लो समयमा नेपालमा पर्यटक आगमनमा उल्लेख वृद्धि भएको छ । कोभिड १९ महामारीका कारण गरिएको लकडाउन र भाइसरबाट बच्न अपनाइएको सावधानीले गर्दा अघिल्ला बर्षहरुमा पर्यटन आगमन न्यून रहेको थियो ।
पछिल्लो समयमा वातावरण सहज बन्दै गएपछि विश्वका धेरै राष्ट्रहरुबाट नेपाल भ्रमणमा पर्यटकहरु आउन थालेका छन् । सन् २०२२ को तुलनामा सन् २०२३ मा पर्यटक आगमन ६५ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको.छ । सन् २०२२ मा ६ लाख १४ हजार ८६९पर्यटक नेपाल भ्रमणमा आएकोमा सन् २०२३ मा पर्यटन आगमनमा वृद्धि भई १० लाख १४ हजार ८८२ पुगेको अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत वर्ष पर्यटकहरुको औसत बसाई १३.२ दिन र प्रति पर्यटक प्रति दिन खर्च ४१ अमेरिकी डलर गरेको सर्वेक्षणले देखाएको छ । भ्रमणमा आएका पर्यटकहरुले खर्च गर्ने प्रवृति पनि बढ्दै गएको देखिएको छ ।
चालु आर्थिक बर्षको फागुनसम्म भ्रमण आय भन्दा भ्रमण खर्च ७१ करोड ४३ करोडले बकढी रहेको देखिएको छ । गत अर्थिक बर्षको फागुनमा यस्तो अन्तर ४८ अर्ब १६ करोडले बढी थियो । मुलुकको विदेशी मुद्राको आम्दानीको मृुख्य स्रोत रुपमा पर्यटन क्षेत्रलाई मानिन्छ । पर्यटन आगमनमा वृद्धि भएसँगै विदेशी मुद्रा सञ्चितिमा बढ्नुका साथै मुलुकमा रोजगारका अवसरहरु समेत सिर्जना हुने होटल व्यवसायीहरुले बताएका छन् । मुलुकमा ५० लाख पर्यटकलाई धान्न सक्ने सुविधासम्पन्न संरचना रहेको समेत उनीहरुको दावी छ । पर्यटक आगमनमा वृद्धि गर्न सके मुलुकको बेरोजगारी दर घट्न गई रोजगारीका अवसरहरु समेत सिर्जना हुनेहुँदा यस क्षेत्रको प्रवर्धन राज्यले विशेष भूमिका खेल्न आवश्यक छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि ल्याएको बजेटमा समेत पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य सरकारलेको छ । त्यसका लागि नयाँ नयाँ पर्यटन गन्तब्यको विकास गर्दै छिमेकी मुलुकका साथै अन्य देशहरुबाट धार्मिक र साहसिक पर्यटक भित्राउने जनाएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।
त्यसैगरी नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने भएको छ । पर्यटकलाई एकद्वार प्रणाली मार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने र पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित तुल्याइने बजेटमा उल्लेख छ ।
नेपालपत्र संवाददाता