आइतबार, आश्विन १८ गते २०८३

उडिरहेकाे बाेइङ्ग ७७७ भीषण आँधीबेहरीमा फस्दा एकको मृत्यु दजर्नाैं घाइते


जेठ ८, २०८१ मंगलबार
उडिरहेकाे बाेइङ्ग ७७७ भीषण आँधीबेहरीमा फस्दा एकको मृत्यु दजर्नाैं घाइते

लण्डनबाट सिंगापुरतर्फ उडिरहेको विमान थाइल्याण्ड नजिककाे आकाशमा भीषण आँधीबेहरीमा फस्दा एक जनाको मृत्यु भएको छ भने दर्जनाैं घाइते भएका छन् । 

सिंगापुर एयरलाइन्सकाे उडान नं एस क्यू ३२१ भीषण आँधीबेहरीसहितकाे वर्षा भइरहेको क्षेत्रमा प्रवेश गरेको थियो । त्यसले गर्दा विमानमा भएको टर्बुलेन्सका कारण एक जनाको मृत्य भएकाे र ३० जना यात्रु घाइते भएको एयरलाइन्सले जनाएको छ।

सिंगापुरको स्थानीय समय अनुसार बेलुकी ६ बजेर १० मिनटमा चांगी विमानस्थल अवतरण हुनुपर्ने सो विमान साेही कारणले ३ बजेर ४५ मिनेटमा थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियाे । 

सिंगापुर एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७७७ सो विमान सोमबार राति १० बजेपछि बेलायतबाट प्रस्थान गरेको थियो । विमान २११ यात्रु र चालकदलका १८ जना रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।