आइतबार, कार्तिक ९ गते २०८३

लक्ष्मी सन्‌राइज बैंककाे विराटनगर शाखा स्थान्तरित

जेठ ७, २०८१ सोमबार
लक्ष्मी सन्‌राइज बैंककाे विराटनगर शाखा स्थान्तरित

 

लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण गरेको छ । बैंककाे विराटनगर महानगरपालिका वडा न. ७ स्थित हनुमानदास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि.मि. उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको बैंकले जनाएकाे छ ।

शाखा स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज हुने विश्वास राखेको छ । स्थानतरित ती शाखाहरूले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ। हाल लक्ष्मी सन्‌राइज बैंकका २५६ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।