आइतबार, आश्विन १८ गते २०८३

काँग्रेस सांसदहरूको नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले लिए विश्वासकाे मत


जेठ ७, २०८१ सोमबार
काँग्रेस सांसदहरूको नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले लिए विश्वासकाे मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। नेपाली काँग्रेसका सांसदहरूको नाराबाजीका बीच आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिएका हुन् । उनको पक्षमा सत्तारूढ घटकहरूका १५७ जना सांसदले मत दिएका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपाल र लगायतले मतदानको प्रकियामा भाग लिएनन् भने नेमकिपा तटस्थ रहेकाे थियाे । 

सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समितिको माग राख्दै कांग्रेसले निरन्तर संसदमा बेल घेराउ तथा अवरोध गर्दै आइरहेको छ ।।