शुक्रबार, कार्तिक ७ गते २०८३

संसार बदल्ने कुरा धेरैले गर्दछन्, तर आफैंलाई बद्ल्ने बारे कोही पनि सोच्दैनन् : लियो टाल्स्टाय


जेठ ७, २०८१ सोमबार
संसार बदल्ने कुरा धेरैले गर्दछन्, तर आफैंलाई बद्ल्ने बारे कोही पनि सोच्दैनन् :  लियो टाल्स्टाय
पूर्ण नाम काउन्ट लेभ निकालायेभिच टाल्स्टाय (१८२८-१९१०) रुसी साहित्यकार हुन् । उनको नामको खास उच्चारण 'लेव तोल्स्तोए' गर्यो भने हामी उनलाई चिन्दैनौं । अंग्रेजी उच्चारणमा टाल्स्टाय भनेपनि खास रुसी उच्चारण तोल्स्तोय हो ।
यिनी जमिन्दार परिवारमा पाँच भाईमध्ये काईँलो भएर जन्मेका थिए, तर यी सार्वकालिक महान लेखकको निधन रेलवे स्टेशनमा एउटा हरितन्नमको अवस्थामा निमोनियाबाट भएको थियो ।
यिनी 'युद्ध र शान्ति' (१८६९), 'आन्ना करेनिना' (१८७७) जस्ता यथार्थवादी उपन्यासहरुबाट विश्वविख्यात भए । १८७० को दशकदेखि यिनीभित्र आध्यात्मिक घच्घच्याहटले नौलो मानसिक परिवर्तन ल्याइदियो । यिनको आस्थाको धरातल क्रिस्टियानिटी थियो । यिनले सच्चा बाइबल पढ्नका लागि हिब्रु भाषा नै सिकेका थिए, जसरी लेनिनले मार्क्सका सच्चा कृति पढ्नकै लागि जर्मन भाषा सिके ।
महात्मा गान्धीलाई अहिंसाको प्रेरणा टाल्स्टायकै विचारबाट मिलेको थियो, यद्यपि यी दुईको सशरीर भेट कहिल्यै भएन, गान्धी दक्षिण अफ्रिकामा रहेको बेला पत्राचारमात्र भएको पाइन्छ । यिनको निधनमा हजारौँ किसानको उपस्थिति थियो ।
प्रस्तुत विचार 'टाल्स्टायका डायरीहरु' (१९८५) खण्ड २, अनुवाद तथा सम्पादनकर्ता आर.एफ क्रिस्टियन, लण्डनबाट लिएको हो ।
साभार - गाैतमजीकाे मुहारपुस्तिकाबाट